लाभांश र हकप्रद निष्काशन पारित गर्दै अपि पावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

२७ भाद्र २०७८, आईतवार १६:४१

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद र बोनस शेयर प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न १८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको हो ।

सभाले गत आवको संचित मुनाफाबाट चुक्तापूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

साथै सभाले बोनस शेयर वितरणपछिको चुक्तापूँजीको १ बराबर शुन्य दशमलव ३९३६ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीको १८ औं वार्षिक साधारण सभा प्रधान कार्यालय, ट्रेडटावर काठमाडौंमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*