हाईड्रोपावरका लगानीकर्ताको आकर्षण कायमै, यी हुन आजका सर्वाधिक कारोबार भएका १० कम्पनी

२८ भाद्र २०७८, सोमबार १५:२१

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा हाईड्रो पावरको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा अधिकांश हाईड्रोपावर परेको छ ।

पहिलो नम्वरमा रहेको अरुण भ्याली हाईड्रोपावरको ६१ करोड ९३ लाख ५० हजार ७९३ रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा पनि हाईड्रोपावर कम्पनी युनाइटेड मोदी हाईड्रोपावरको ४७ करोड ५७ लाख ७४ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाईड्रोपावर पनि आज सर्वाधिका कारोबार हुने तेस्रो नम्वरमा पर्न सफल भएको छ । सो कम्पनीइको ३४ करोड ३० लाख १५ हजार ९७० रुपैयाँको शेयर कारोबार भएको छ ।

आजको सर्वाधिक कारोबार हुने सूचिमा नविल बैंक चौथो नम्वरमा छ । सो बैंकको ३० करोड ७३ लाख ५६ हजार ७८२ रुपैयाँको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, जलविद्युत कम्पनी, अपि पावरको २८ करोड ३५ लाख, एनआईसी एसिया बैंकको २७ करोड ७८ लाख, रैराङ हाईड्रोपावरको २३ करोड ७८ लाख, अरुण कावेली हाईड्रोपावरको २० करोड, रिडी हाईड्रोपावरको १८ करोड र हिमालयन डिस्टीलरीको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*