राष्ट्रिय उपभोक्ता मञ्चको १६ औं वार्षिक साधारण सभा सम्पन्न

२८ भाद्र २०७८, सोमबार १६:५४

काठमाडौं । राष्ट्रिय उत्थान मञ्चको १६ औं साधारण सभा तथा बार्षिक उत्सव आज सम्पन्न भएको छ । बगैँचा रेष्ट्रो एण्ड बार जावलाखेल, ललिपुरमा मञ्चको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति विवरण सार्वजनिक गरि चालु आर्थिक वर्ष २०७८।०७९ को प्रस्तावित कार्यक्रमहरु पनि प्रस्तुत गरेको छ ।

सभालाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कोरोना महामारीको समयमा उपभोक्ताको हितमा धेरै सकारात्मक र महसुस गर्न योग्य काम गर्न मञ्च सक्षम भएको कुरा ब्यक्त गरे । साथै पोखरा, बागलुङ र भैरहवामा व्यवसायिक सचेतना कार्यक्रम संचालन गर्न मञ्च सफल भएको उनले व्यक्त गरे ।

‘गत आर्थिक वर्षमा यस मञ्चले नेपाल सरकारका विभिन्न निकायहरु, संघ संस्थाहरुसँग सहकार्य गर्नुको साथै संविधान प्रदत उपभोक्ता हक अधिकारलाई उपभोक्ता सम्म पहुँच पुर्याउनको लागी र उपभोक्ता जागरण ल्याउनको विभिन्न क्रियाकलापहरु संचालन गरिनेछ’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*