एक्सल डेभलपमेन्ट बैंकको १२ प्रतिशत लाभांश बिहिबारसम्म कायम शेयरधनीले मात्र पाउने

२९ भाद्र २०७८, मंगलवार १७:३४

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले १५ औं वार्षिक साधारण सभा असोज १६ गते शनिबार सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे डोकेको हो ।

बैंकको भदौ २२ गते बसेको संचालक समितिको २६० औं बैठकले सोही मिति, समय र स्थानमा गर्ने निर्णय गरेको हो ।

सभाले चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५४६ रुपैयाँ बोनस शेयर प्रस्ताव पारित गरी वितरण गर्नेछ । साथै बैक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने (मर्जर) वा प्राप्ती गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह वितरण र सोसँग सम्बन्धित वित्तीय विवरणहरु उपर छलफल एवं स्वीकृत गर्ने, आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तय गर्नेछ ।

साथै आर्थिक वर्ष २०७६।०७७ सम्मको वितरणयोग्य संचित मुनाफाबाट र शेयर प्रिमियमबाट संचालक समितिले सिफारिस गरेबमोजिम १२ प्रतिशत बोनस शेयर बापतको कर प्रयोजनको लागि ५१ लाख २२ हजार ८७० रुपैयाँ नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने एजेण्डा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजन वा बोनस शेयर तथा लाभांश प्रयोजनका लागि असोज १ गते देखि १६ गतेसम्म बैंकको शेयर दाखिला खारेजको काम बन्द गरिसेको छ । जसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त सभामा उपस्थित भई लाभांश प्राप्त गर्न योग्य मानिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*