थप १५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमितको मृत्यु

२९ भाद्र २०७८, मंगलवार १७:५४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ जनामा पीसीआर परीक्षणा गर्दा १ हजार १८० जना र ४ हजार १७७ जनामा एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २६ हजार २०२ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*