विकास बैंक र फाइनान्सले पनि अब क्रडिट कार्ड जारी गर्न पाउने

३० भाद्र २०७८, बुधबार ०७:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि क्रडिट कार्ड जारी गर्न पाउने व्यवस्था गरेको ।छ राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई डेविट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि विकास बैंक तथा फाइनान्स कम्पनीहरुले लामो समय देखि क्रेडिट कार्ड जारी गर्न पाउनुपर्ने माग गरेका थिए ।पूरानो व्यवस्थालाई संशोधन गर्दै केन्द्रीय बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि थप गरेको हो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी बाहेकका अन्य वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नछन् । फाइनान्स कम्पनी बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*