सुनको मूल्य तोलामा ७ सयले घट्यो, प्रतितोला कति ?

३१ भाद्र २०७८, बिहीबार १२:४३

काठमाडौं । नेपाली बजारमा आज सुुनको मूल्य तोलामा ७ सयले घटेको छ । बुधबार भने सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

नेपाल सूनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनकोे मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैया र तेजावी सुनको मूल्य ९० हजारर ७ सय रुपैयामा कायम गरिएको थियो ।

त्यस्तै, हिजो प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएकोे चाँदी आज स्थिर रहि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*