नबिल ब्यालेन्स्ड् फण्ड–२ र इक्विटी फण्डको लाभांश पाउन असोज १० गतेसम्म इकाई खरिद गर्नुपर्ने

१ आश्विन २०७८, शुक्रबार ११:४४

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) को मिति तय भएको छ ।

नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड योजना व्यवस्थापक रही नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्सड् फण्ड–२ र नबिल इक्विटी फण्डको बुकक्लोज असोज ११ गते सोमबार एक दिनका लागि गर्ने निर्णय भएको हो ।

जसअुनसार बुकक्लोजको अघिल्लो दिन असोज १० गतेसम्म नेप्सेमा कायम इकाईधनीले मात्र उक्त फण्डको लाभांश प्राप्त गर्नेछन् ।

दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफा तथा सोही अवधिसम्म कायम रहेको संचित जगेडा समेतबाट योजनाका इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र ४० प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्न लागेको हो । सो प्रस्ताव आगामी वार्षिक साधारण सभाले अनुमोदन गरी पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*