विकास हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

१ आश्विन २०७८, शुक्रबार ११:५०

काठमाडौं । विकास हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिलटलाई नियुक्त गरेको छ ।

सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि कम्पनीले भदौ ३१ गते नियुक्ती सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा हाईड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन ।

कम्पनीले १३ करोड ८८ लाख ५० हजार बराबरको १३ लाख ८८ हजार ५ सय कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*