वेष्ट फाइनान्सको संचालक समितिको अध्यक्षमा खिमलाल पौड्याल नियुक्त

१ आश्विन २०७८, शुक्रबार १४:१२

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ संचालक गठन गरेको छ । कम्पनीले नेप्सेमार्फत कम्पनी संचालक परिवर्तन (गठन) गरिएको जानकारी गराएको हो ।

कम्पनीको भदौ ३० गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली गरी ४ जना र सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, श्रीराम श्रेष्ठ गरी दुईजना संचालक निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, भदौ ३१ गते बसेको कम्पनीको ५३० औं संचालक समितिको बैठकले खिमलाल पौड्याललाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*