बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

१ आश्विन २०७८, शुक्रबार १४:२९

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ब्रिटिश कलेजमा ‘डिजिटल भुक्तानी क्यूआर कोड’ सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई थप विस्तृत गर्न र उक्त कलेजमा थप सेवा पु¥याउने उद्देश्यले क्युआर कोड सेवा संचालनमा ल्याएको हो ।

उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा अभिभावकहरुले अब बैंकद्धारा संचालित मोबाईल बैंकिङ मार्फत क्यूआर कोडको स्क्यान गरी कलेजकोे बिल भूक्तानी गर्न सक्नेछन् ।

हाल बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिने हितले क्यूआर कोड सेवा संचालन गर्दै आइरहेको छ ।
उक्त सेवा संचालन पछि अभिभावक वा विद्यार्थीलाई कलेजको बिल भुक्तानी गर्न सरल र सहज हुने विश्वास कलेजले राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*