लक्ष्मी बैंकको १३७ औं शाखा कार्यालय सुनसरीमा

१ आश्विन २०७८, शुक्रबार १४:४७

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ वित्तीय पहुच पुराउने लक्ष्य राखेको छ ।

थप एक शाखा कार्यालय थपेसंगै देशभरका ४९ जिल्लामा १३७ औं शाखा कार्यालय र १६७ एटिएमबाट बैंकले सेवा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*