मेगा बैंकले दशैंलाई लक्षित गर्दै ल्यायो उच्च ब्याजदर योजना, नयाँ बचत खाता योजना पनि सार्वजनिक

१ आश्विन २०७८, शुक्रबार १५:२१

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नजिकिँदै गरेको महान चाड दशैंलाई लक्षित गर्दै उच्च ब्याजदर योजना ल्याएको छ । बैंकले ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदर उपहार’ नाराका साथ मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । त्यस्तै, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

त्यसैगरी, मेगा बैंकले नयाँ बचत खाता ‘मेगा महा बचत खाता’ पनि संचालनमा ल्याएको छ । उक्त खाताअन्तर्गत वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म मासिक रुपमा ब्याज प्राप्त गर्न सकिनेछ । साथै यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने उक्त खातामा दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा मुद्दती तथा बचत खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन ग्राहकहरुलाई आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*