ङादी गुप्र पावरको बार्षिक साधारण सभा असोज ३ गते

१ आश्विन २०७८, शुक्रबार १८:३०

काठमाडौं । ङादी गु्रप पावर लिमिटेडको बार्षिक साधारण सभा आइतबार (असोज ३गते) हुने भएको छ । क्विन्स क्याफे अनामनगर काठमाडौंमा बिहान ९ बजे बस्ने गरी सभा आव्हान गरेको हो । उक्त सभाले २० प्रतिशत बोनश शेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । बोनश शेयर वितरण पश्चात कायम ७० करोड ६९ लाख ३२ हजार ३६० को २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्न प्रस्ताव पारित गर्न कम्पनीले जानकारी दिएको छ ।

साथै, गत आर्थिक बर्षको प्रतिवेदन माथि छलफल र लेखापरिक्षकको नियुक्ती समेत गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्न भएकाले भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*