थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मूत्यु

१ आश्विन २०७८, शुक्रबार १८:३२

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ हजारर ६६५ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ८६ जनामा र ३ हजार ७२० जनामा एन्टिजन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा देशभरबाट १० जना संक्रमितको मूत्यु भएको छ भने १ हजार ३५१ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५ हजार ४९७ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*