लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेललाई

२ आश्विन २०७८, शनिबार २३:२०

काठमाडौं । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’ जित्न सफल भएका हुन् ।

पौडेलले उपाधिसँगै उनले डेट्सुन रेडी गो ब्राण्डको कार र २५ लाख नगद पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए । यसअघि हिमोश पन्तले उपाधि जितेका थिए ।

कार्यक्रममा व्यवसायिक साझेदार आईएमई लाइफ इन्स्योारेन्स कम्पनीका सिईओ कवि फुयालले कमेडी च्याम्पियन सिजन २ का फस्ट रनर अफ विक्की अग्रवाललाई ट्रफी हस्तान्तरण गरेका थिए । कार्यक्रममा बरिष्ठ हास्यकलाकार हरिबंश आचार्यले बिजेता घोषणा गरेका थिए ।

कार्यक्रममा सेकेण्ड रनरअफ बिजेता सन्तोष थापाले टिभिएसको स्कूटर प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*