कामना सेवा विकास बैंकको ‘एनआरएन बचत खाता’ संचालनमा

३ आश्विन २०७८, आईतवार १०:५२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनीहरुको परिवारजनका लागि नयाँ ‘एनआरएन बचत खाता’ संचालनमा ल्याएको हो ।

उक्त खाता अन्तर्गत ७ प्रतिशत उच्चतम ब्याजदर सहित पहिलो वर्ष निःशुल्क मोबाईल तथा इन्टरनेट बैकिङको सुविधा रहेको छ ।

सो खाता योजनाअन्तर्गत विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवार तथा आफन्तलाई पठाएको पैसालाई उक्त खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खातामार्फत खोलिने मुद्धती निक्षपमा ०.५ प्रतिशत थप ब्याज समेत पाइने सुविधा रहेको छ । यो ‘एनआरएन बचत खाता’ अनलाइन मार्फत पनि खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखा लगायत ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई सुविधा दिँदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*