लक्ष्मी क्यापिटलको १३ औं बार्षिक साधारण सभा असोज २४ गते, लाभांश वितरण मुख्य एजेण्डा

३ आश्विन २०७८, आईतवार १०:५७

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले १३ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो ।

कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार काठमाडौंमा बिहान ११ बजे बस्ने गरी निर्णय गरेको थियो । सभाले गत आर्थिक बर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ करोड ५ लाख बराबरको नगद लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने रहेको छ ।

साथै, सभाले गत आर्थिक बर्षको संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान माथि छलफल र चालु आर्थिक बर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत समेत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*