२१ प्रतिशत लाभांश वितरण गर्न डिप्रोक्स लघुवित्तले डाक्यो २० औं वार्षिक साधारण सभा

३ आश्विन २०७८, आईतवार ११:३१

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले सभा असोज २३ गते गर्ने निर्णय गरेको हो ।

कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा असोज २३ गते बिहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बस्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक बर्षको प्रतिवेदनमाथि छलफल र लेखापरीक्षक नियुक्तीको प्रस्त्ँँव पारित गर्नेछ । यसका साथै संचालक समितिको बैंठकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत लाभांशलाई समेत सभाले पारित गर्नेछ ।

कम्पनीको चुक्तापूजीको १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रहेकोे छ सोही आधारमा लाभांश वितरण गर्न लागको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना संचालक मनोनयन गर्ने समेत सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*