नेपाल बङलादेश बैंकको १० औं बिस्तारित सेवा केन्द्र हेटौंडा सिमेन्ट उद्योगमा

३ आश्विन २०७८, आईतवार ११:५०

काठमाडौं । नेपाल बङलादेश बैंकले १० औं बिस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको वडा नंं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र संचालनमा ल्याएको हो ।

उक्त सेवा केन्द्रको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा न ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन । विस्तार गरिएको केन्द्रबाट उपमहानगरपालिका वडा नं. ९, १२, १३ र १४ का स्थानिय बासिन्दालाई वित्तीय पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ ।

साथै बिस्तारित सेवा केन्द्रबाट बैंकले दिदै आइरहेका रेमिटान्सस सेवा, चेक क्लियरिङ, समाजिक सुरक्षा, शिक्षक एव कर्मचारीहरुको तलबी खाता संचालन लगायत बैंकिङ प्रणाली मार्फत प्राप्त सम्पूर्ण सेवा प्रदान गरिनेछ ।

हाल बैंकले १ सय शाखा कार्यालय, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएमबाट बैंकिङ सेवा सुविधा सहज र सरल तरिकाले दिदै आइरहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*