नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दै

३ आश्विन २०७८, आईतवार १३:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको जनाएको छ ।

त्यसैगरि, राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिर भने प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमार्फत नोट सटहीको सुविधा लिन सकिने व्यवस्था गरेको सूचनामार्फत जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*