मेगा बैंककी डेपुटी सिइओ श्रेष्ठलाई सरकारबाट विभुषण

३ आश्विन २०७८, आईतवार १३:३५

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित भएकी छिन् । उनी संविधान दिवसका अवसरमा सरकारबाट विभुषित भएकी हुन् ।

नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरेको हो ।

डेपुटी सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि श्रेष्ठले एशियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*