राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, असोज ५ गतेबाट बिक्री हुने

३ आश्विन २०७८, आईतवार १५:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ।

बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष ६ गते परिपक्क हुनेछ ।

बैंकले १ सय ८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र ८ गते परिपक्क हुनेछ ।

त्यस्तै, ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असोज ४ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिल भोलि दिउँसो ३ बजे बोलकबोल भएर असोज ५ गते बिक्री हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*