राष्ट्र बैंकद्वारा दशैंका लागि नयाँ नोट वितरण आजबाट सुरु, कहाँ कहाँ पाइन्छ नोट ?

४ आश्विन २०७८, सोमबार ०७:११

काठमाडौं । दशैं लगायतका राष्ट्रिय पर्वका लािग नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीयय कार्यालय तथा निजि तथा सरकारी बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरि, राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिर भने प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमार्फत नोट सटहीको सुविधा लिन सकिने व्यवस्था गरेको सूचनामार्फत जानकारी दिएको छ ।

नयाँ नोट लिनको लागि सबैभन्दा सजिलो उपाय आफ्नो खाता भएको बाणिज्य बैंकको शाखामा सम्पर्क गरेर लिन सकिन्छ । केन्द्रीय बैंकले यस वर्ष सबै बाणिज्य बैंकहरुलार्ई नयाँ नोट पठाएएकोले अन्यत्र लाइन बस्नु साटो खाता भएको बैंकमा रकम जम्मा गरी चेक काटेर निकाल्दा नयाँ नोट लिन सकिन्छ । नयाँ नोट नदिएमा सो बैंकका कुन शाखाले नयाँ नोट दिएको छ सो को जानकारी लिएर उक्त नयाँ नोट वितरण गर्ने शाखामा गएर नयाँ नोट लिन सकिन्छ । बैंकहरुको नियत सफा नभएकोले सजिलै नोट दिन्छन् र सर्वसाधारणले पाउँछन् भनेर विश्वास गर्न भने सकिदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*