चेक क्लीयरेन्स थप सहज बनाउने निर्णय, अबदेखि ३ बजेसम्म चेक डिपोजिट हुने

४ आश्विन २०७८, सोमबार ०७:०७

काठमाडौं । नेपाल क्लियरिङ हाउसबाट संचालित अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि गरिएको छ।

सोही व्यवस्थाअनुसार एनसीएचएल–आईपीएस प्रणालीमा बिहानको ९ः०० बजेदेखि दिनको ३ः०० बजेसम्म (आइतबारदेखि बिहीबार सम्म नेपाली मुद्रा र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टी प्लस जिरो) नै फर्छ्यौट हुने व्यवस्था आजदेखि लागू हुने भएको छ।

एनसीएचएल–आईपीएस प्रणालीमा यसअघि बिहानको १० बजेदेखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुने को छव्यवस्था रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*