विभुषित उद्यमी, व्यावसायी समाजसेवाप्रति थप उत्साहित, उच्च मनोबलका साथ अझै सक्रिय हुने प्रतिबद्धता

४ आश्विन २०७८, सोमबार ००:०८

काठमाडौं । सातौं संविधान दिवसको अवसरमा सरकारले देशका चार दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरुलाई विभिन्न मान पद्वीद्धारा विभुषित गरेको छ । मान पद्वी वितरणमा मनपरी गरिएको भन्ने गुनासो एकातिर छ भने अर्कोतर्फ राष्ट्रको लागि सेवा गरे बापत सरकारबाट विभुषित भएका उद्यमी व्यवसायीहरुले भने सरकारलाई आभार व्यक्त गरेका छन् ।

गैर आवासिय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो यतिबेला देशबाहिर छन् । युरोपबाट बीमापोष्टसँग सम्पर्कमा आएका महतोले सरकारले विभुषित गरेको पदकबाट अझै राष्ट्रको सेवामा, समाज सेवामा होमिन प्रेरित गरेको प्रतिक्रिया दिए । डा. उपेन्द्र महतो देशकै सर्बाधिक समाजसेवामा समर्पित व्यक्ति हुन् । पशुपतिमा करोडौं रुपैयाँ लागतमा भौतिक संरचना निर्माण, भुकम्पपछि गोरखा पुननिर्माणमा विशेष योगदान तथा समाज सेवाका अन्य थुप्रै माध्यमबाट सक्रिय महतो सुकीर्तिमय राष्ट्रदीपबाट विभुषित भएका छन् ।

त्यस्तै, प्रभु ग्रुपका अध्यक्ष तथा समाजसेवी देवी प्रकाश भट्टचनले पनि सरकारप्रति आभार व्यक्त गरेका छन् । नेपालका दुई भन्दा बढि बीमा कम्पनी, प्रभु बैंक र प्रभु रेमिटयान्सका मुख्य सञ्चालक भट्टचन पनि सुकीर्तिमय राष्ट्रदीपबाट विभुषित भएका छन् ।

त्यस्तै, सौरभ ग्रुपका अध्यक्ष तथा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु कुमार न्यौपानेले आफ्ना पूर्खादेखि गर्दै आएको समाजसेवाप्रति अझै समर्पित भएर अघि बढ्न हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डेले पनि विभुषणले बीमा क्षेत्रमा अझै डेडिकेटेड भएर समर्पित हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले आगामी दिनमा बीमाको क्षेत्रबाट देश र जनताको सेवामा अझै दत्तचित्त भएर समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपभोक्ता अधिकारका लागि समर्पित ललितपुरका अथक योद्धा प्रेमलाल महर्जनले सरकारको विभुषणले कालाबजारिया र उपभोक्ता ठगी गर्नेहरुका विरुद्धमा थप जोश जाँगरका साथ अघि बढ्न हौसला मिलेको र उक्त अभियानमा सरकारको साथ पाएको अनुभूति गरेको प्रतिक्रिया दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*