डिप्रोक्स लघुवित्तको १५ औं सभा असोज २३ गते, लाभांश वितरण मुख्य एजेण्डा

४ आश्विन २०७८, सोमबार ११:३६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा असोज २३ गते गर्ने जनाएको हो ।

कम्पनीको असोज १ गते बसेको संचालक समितिको ३०० औं बैठकको निर्णयअनुसार सभा असोज २३ गते शनिबार चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवन बिहान ११ बजे हुने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफा र गत वर्षसम्मको संचित रकम समेतबाट चुक्ता पूँजीको २० प्रतिशतले हुने आउने रकम २३ करोड १२ लाख ४९ हजार ७२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने स्वीकृत गर्नेछ ।

साथै डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा नाडेपको शेयर संरचना र कर्मचारीको पद समायोजनको विषयमा असहमति भई दुवै संस्था बीचको प्राप्ति कार्य अगाडि बढाउन नसकिने भएकाले सोको लागि राष्ट्र बैंक समक्ष अनुरोध गरिएको हुँदा सो सम्बन्धमा हालसम्म भए गरेको सम्पूर्ण कार्यहरुको अनुमोदन समेत गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, २० औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ को मुनाफा र गत वर्ष सम्मको संचित मुनाफा रकम समेतबाट चुक्ता पूँजीको १.०५३ प्रतिशतले हुन आउने रकम १ करोड २१ लाख ७५ हजार २९७ रुपैंयाँ नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने एजेण्डा रहेका छन् ।

साथै सभाले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थाको समूह ‘ख’ साधारण शेयरधनीहरु मध्येबाट ३ जाना संचालकहरुको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गते शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार असोज ११ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिई उक्त लाभांश पाउन योग्य मानिनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*