हिमालयन बैंकद्धारा प्रहरीलाई कम्प्युटर हस्तान्तरण

४ आश्विन २०७८, सोमबार ११:४१

काठमाडौं । हिमालयन बैंकले नेपाल प्रहरीलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नया बानेश्वर काठमाडौं स्थित महानगर प्रहरी वृत्तलाई २ थान कम्प्युटर हस्तान्तरण गरेकोे हो ।

उक्त कम्प्युटर सेट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय प्रहरी वृत्त नया बानेश्वरका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई हस्तान्तरण गरेको हो ।

बैंकले प्रहरीललाई १ लाख १० हजार मूल्य पर्ने दुई थान कम्प्युटर सहयोग स्वरुप प्रदान गरेको हो । बैंकले उपलब्ध गराएको कम्प्युटरबाट प्रहरीलाइृ दैनिक प्रशासकीय काम गर्ने सरल र सहज हुने विश्वास बैंकले राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*