नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर हितग्राहीको खातामा

४ आश्विन २०७८, सोमबार ११:५७

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको १४ औं बार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस शेयरधनीको खातामा जम्मा गरिदिएको हो ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने ब्यवस्था भईसकेको छ ।

साथै, कम्पनीले २०७७ फागुन ६ गतेसम्म शेयर अभौतिकरण गराएका कम्पनीका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकेको छ । सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध समेत गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*