नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ आश्विन २०७८, सोमबार ११:५८

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सभा प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ।सभा कम्पनीको कार्यालय, झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यमबाट २९ औँ वार्षिक साधारण सभा हुने भएको छ।

नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*