तेह्रथुम पावरको शेयर रजिष्ट्रार नियुक्त

४ आश्विन २०७८, सोमबार १२:५८

काठमाडौं । तेह्रथुुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

भदौ ३१ गते भएको सम्झौता अनुसार तेह्रथुम पावरका प्रबन्धक संचालक मोहन कुमार डांगी र बैंकका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको प्राथमिक शेयर निष्कासन कार्य सम्पन्न भइ चुक्ता पूँजी ४० करोड पूर्ण भैसकेको र उक्त चुँक्ता पूजी मध्ये ७० प्रतिशत संस्थापकहरुबाट र बाँकी ३० प्रतिशत सर्वसाधारणबाट चूक्ता भइसकेको छ ।

अबको केही दिनमा कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ अभौतिकिकरण गरी दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*