कृषि विकास बैंकको नयाँ शाखा बांकेको पिपरीमा

५ आश्विन २०७८, मंगलवार १३:३७

काठमाडौं । कृषि विकास बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा शाखा बिस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन । कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधि मैत्रि बनाउन बैंकले क्रेडिट कार्ड समेत संचालनमा ल्याएको छ ।

बिस्तार गरिएको नयाँ शाखा कार्यालयबाट अब स्थानिय बासिन्दाले उक्त सरल र सहजै रुपमा बैंकिङ सुविधा पाउने विश्वास बैंकले राखेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*