साधना लघुवित्तको धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न

५ आश्विन २०७८, मंगलवार १४:२१

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

संस्थाले गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई उक्त तालिम दिएको हो । संस्थाले गोरखा जिल्लामा रहेको गोरखा प्यालेसमा २ दिने तालिम सम्पन्न गरेको हो ।

उक्त धितो कर्जा व्यवस्थापन तालिममा धितो सुरक्षणको प्रमाणीकरण, विभिन्न नक्साहरुको अध्ययन तथा कागजातहरुको जाँच, जग्गा मापनका आधार र विधिहरु, धितो मूल्याङ्कन र प्रक्रियाका बारेमा प्रशिक्षण दिइएको थियो । साथै धितो निरक्षणका लागि प्रयोग गर्न सकिने बिबिध मोबाइल एप्लिकेशनहरुको बारेमा समेत प्रशिक्षण दिइएको थियो ।

उक्त तालिममा २७ वटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानले उक्त तालिम कार्यक्रम समुद्घाटन गरेका थिए ।

उक्त तालिमलाई सम्बोधन गर्दै सिईओ न्यौपानेले धितो कर्जाको ब्यवस्थापन, प्रभावकारी धितो निरिक्षणका आधारभुत ज्ञान कौशल एवम् कर्मचारीहरुको सिकाई उपलब्धीको मापन, उत्पादकत्व क्षमताको अभिबृद्धि, गरी संस्थागत ब्यवसाय प्रवर्दन गर्न साथै शाखा प्रमुखहरुमा बित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा निती नियमहरुको जानकारी र ब्यबस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिएका थिए ।

संस्थाले नेपालका ग्रामिण तथा विकट जिल्लामा ८६ वटा शाखा कार्यालयहरुमार्फत ७५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दे आइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*