४० प्रतिशत नगद लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले डाक्यो वार्षिक साधारण सभा

६ आश्विन २०७८, बुधबार १२:२१

काठमाडौं । सिद्धार्थ क्यापिटलले १० औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज १८ गते गर्ने भएको हो ।

कम्पनीको भदौ १७ गते बिहिबार बसेको संचालक समितिको १४५ औं बैठकले कम्पनीको १० औं वार्षिक साधारण सभा असोज १८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा साँझको ४ बजे गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत खर्च गरिएको दान रकम २ लाख रुपैयाँ पारित गर्नेछ । साथै साहेी आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ सम्मको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ (कर सहित) नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*