ब्याजको चेलखेल रोक्न वाणिज्य बैंकलाई राष्ट्र बैंकको निर्देशन

६ आश्विन २०७८, बुधबार १२:३२

काठमाडौं । वाणिज्य बैंकहरुलाई ब्याजको चेलखेल रोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकहरुले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने कार्यलाई कम्पनीलाई तत्कालै घटाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर निक्षेपको ब्याजदर बढाउनेहरुलाई तत्कालै घटाउन निर्देशन दिँदै आगामी दिनमा यस्तो भएमा कारबाही गर्ने चेतावनी दिएको हो।बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएको छ । जसले गर्दा बैंक तथा वित्त कम्पनी असोज १ गतेदेखि लागु हुने गरी निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका छन् ।

केही बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको निक्षेपको स्पे्रडदर उल्लंघन गर्दै निक्षेपको ब्याजदर घोषणा गरेपछि राष्ट्र बैंकले बैंकरहरुलाई बोलाएको हो ।राष्ट्र बैंकले गत वर्षको साउनमा निर्देशन जारी गर्दै बैंक तथा वित्त कम्पनीले बचत र मुद्दति निक्षेपको ब्याजदरमा ५ प्रतिशतको अन्तर (स्प्रेडदर) कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।केही बैंक तथा वित्त कम्पनीले यसअघि सार्वजनिक गरेको ब्याजदर एक महिना नपुग्दै पुनरावलोकन भन्दै नयाँ ब्याजदर घोषणा गरेपछि केन्द्रिय बैंकले यस्तो निर्णय गरेको हो ।

राष्ट्र बैंकले दिएको निर्देशनविपरित धेरैजसो विकास बैंकहरुले बचतमा दिने ब्याजदर र मुद्दति निक्षेपमा दिने ब्याजदर ५ प्रतिशतको अन्तर नै कायम नगरेको राष्ट्र बैंकको ठहर छ ।जसमा मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक, प्रोगेसिफ फाइनान्स र मञ्जुश्री फाइनान्सले ५ प्रतिशतको स्प्रेड कायम गरेका थिएनन् । ती बैंकका सीइओलाई राष्ट्र बैंकले आजै घटाएर नयाँ ब्याजदर प्रकाशित गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्णय बमोजिम बैंकहरुले पुन : ब्याजदर घटाउन सुरु गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*