सिद्धार्थ बैंकद्धारा जोन्ता क्लबलाई करिब ५ लाख आर्थिक सहयोग

६ आश्विन २०७८, बुधबार १३:४५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामजिक उत्तरदायित्वअन्तर्गत जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई ४ लाख ९७ हजार २०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडलले क्लबका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकमले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुको विकास गर्न प्रयोग गर्ने जोन्ता क्लबले जनाएको छ । साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रबद्र्धन गरी महिला हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने क्लबको उद्देश्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*