मेगा बैंकले भोजपुर नगरपालिकाका कृषकलाई सहुलियत कर्जा प्रदान गर्ने

७ आश्विन २०७८, बिहीबार ०६:३८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सहुलियत कर्जा प्रदान गर्ने भएको छ । बैंकले भोजपुर नगरपालिकाका कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम ब्यवसायका प्रबन्द्रधका लागि समझदारी भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया र नगरपालिकाका मेयर केलाश आलेले हस्ताक्षर गरेका हुन । अब नगपालिकाका स्थानियहरुले बैंकबाट सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण ब्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ ।

बंैकले प्रदान गर्ने मेगा किसान कार्डको प्रयोक गरी नगरपालिकाका स्थानियलाई कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*