नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड

७ आश्विन २०७८, बिहीबार १८:०२

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड भएको छ । उक्त इकाई नबिल इन्भेष्टमेण्टको कार्यालयमा बाँडफाँड गरेको हो ।

फण्डले भदौ २५ गते देखी २९ गतेसम्म १० करोेड इकाई निष्कासन गरेको थियो । निष्कासन गरेको इकाई मध्ये कुल बिक्री भएको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक नबिल बैंकलाई सुरक्षित गरेको छ ।

त्यस्तै, १ प्रतिशत अर्थात १० लाख इकाई योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरिएको छ भने सर्वसाधारणका लागि बाँकी ८ करोड ५० लाख इकाई निष्कासन गरिएको थियो । जसमा १ लाख ४३ हजार २५१ जना आवेदकले २२ करोड ९४ लाख २३ हजार १७० इकाईका लागि आवेदन दिएका थिए ।

१०० इकाईदेखि १६ हजार इकाईसम्म माग गर्ने आवेदकहरुले माग गरे बमोजिम, १७ हजार इकाईदेखि १ करोड इकाईसम्म माग गर्ने आवेदकरुलाई १६ हजार ६७० इकाई र बाकी रहेको २ हजार ३८० इकाई २३८ जनालाई १० इकाईको दरले बाँडफाँड गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*