४ कम्पनीको लिलामी शेयरमा आवदेन दिन आज अन्तिम दिन

८ आश्विन २०७८, शुक्रबार ११:२४

काठमाडौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ४ कम्पनीको लिलामी शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।

प्रुडेन्सियलको स्वामित्वमा रहेको प्रभु बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रामिण विकास लघु्वित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा आएको हो ।

जसमा प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाइफको १ लाख कित्ता, ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियलको १ लाख कित्ता शेयर लिलामीमा आएकोमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।

प्रभु बैंकले न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सले न्यूनतम मूल्य ४२१ रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तले न्यूनतम मूल्य ४०० रुपैयाँ र प्राइम कमर्सियल बैंकले न्यूनतम मूल्इ प्रतिकित्ता २०८ रुपैयाँ तोकेको छ । आवेकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लिलामी शेयरमा आवेदन दिन चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले न्यूनतम २ हजार कित्ता देखी अधिकतम सम्पूर्ण कित्तासम्म माग गरि आज (शुक्रबार) बैंकिङ समयसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गुर्न पर्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*