जोन डीयरद्धारा ५० एचपी एमएफडब्लुडिको ट्रयाक्टर नेपालमा सार्वजनिक

२० आश्विन २०७८, बुधबार १२:५४

काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लिले ५० एचपी फोर हवील ड्राइभ नया ट्रयाक्टर नेपालमा ल्याएको छ ।
कम्पनीले एक समारोहको बीच जोन डीयरको दशौं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको थियो ।

उक्त समारोहमा जेडिआईपीएल का बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले हाम्रो किसान उपभोक्ता तथा नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाईल्स प्रा.लिसंको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण भएको बताए । ट्रयाक्टरले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने भन्दै ट्रयाक्टरको विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेकोे शाहले जनाएकाछन् । जसमा विवेक अटोमोबाईल्स प्रालिले देशभरका बिक्री तथा सेवा केन्द्रहरुको पनि सफलता रहेको धारण राखे ।

जोन डियरले वइ रन सो लाईफ क्यान ल्याप र्फवाड को साथमा विश्वभरीका किसानहरुलाई कृषि उत्पादकता र आय बढाउनका लागि टेक्नोलोजीकोरुपमा उत्कृष्ट उत्पादन र सेवा दिन सफल भएको छ । जोन डीयरले कृषि श्रृङ्खला एकिकृत समाधान प्रदान गरेर विश्वकै धेरै क्षेत्रहरुमा कृषि पद्धतिहरुको आधुनिकिकरण नेतृत्व गरीरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*