भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क, कुन कम्पनीको कति ?

२० आश्विन २०७८, बुधबार १९:१८

काठमाडौं । भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। समितिको तथ्याङ्क अनुसार दुई अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले दुई महिनाको अवधिसम्ममा ६६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले भदौ मसान्तसम्ममा ५४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

तेस्रोमा रिलायबल नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीले दुई महिनासम्ममा ४३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ४१ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३८ करोड रुपैयाँ, यूनियन लाइफले ३७ करोड रुपैयाँ, प्रभु लाइफले २८ करोड रुपैयाँ, मेट लाइफले २७ करोड रुपैयाँ, एशियन लाइफले २५ करोड रुपैयाँ, आइएमई लाइफले २४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

सूर्या लाइफले २३ करोड रुपैयाँ, ज्योति लाइफले २२ करोड रुपैयाँ, रिलायन्स लाइफले २१ करोड रुपैयाँ, प्राईम लाइफले १७ करोड रुपैयाँ, सन नेपाल लाइफले १७ करोड रुपैयाँ, सानिमा लाइफले १६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ११ करोड रुपैयाँ र गुराँस लाइफले १० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*