बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, २० लाख बढीको हात खाली

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार (भोलि) बाँडफाँट हुने भएको छ। कम्पनीको प्रि अलटमेन्ट हिजो सम्पन्न भएको थियो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।
कम्पनीको आइपीओमा ३५ दशमलव ६६ गुणा बढी आवेदन परेको छ। माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् ।त्यस अनुसार कुल आवेदक मध्ये ९६ प्रतिशत अर्थात २० लाख ३७ हजार भन्दा धेरैले शेयर नपाउने देखिन्छ ।