बेलायती सांसद हेलेन ग्रान्टलाई नामी कलेजमा स्वागत

२१ आश्विन २०७८, बिहीबार १५:१५

कामठाडौं । राजधानीको काठमाडौं स्थित गोकर्णेश्वरमा रहेको नामी कलेजमा मित्र राष्ट्र बेलायतकी प्रख्यात राजनीतिज्ञ, समाजसेवी तथा सांसद हेलेन्ट ग्रान्टले अवलोकन भ्रमण गरेकी छिन् । नामी कलेजले एक कार्यक्रममा बेलायती सांसद ग्रान्टलाई स्वागत गरेको छ ।
‘विश्वस्तरमा नै आफ्नो विषयमा ख्याति कमाउन सफल व्यक्तित्व र प्राज्ञहरूलाई नामीको प्राङ्गणमा स्वागत गर्ने क्रममा बुधबार बेलायती राजनीतिज्ञ अनि प्रभावशाली समाजसेवीका साथै सांसदकी सदस्य समेत भएर कार्य गर्नुभएकी श्रीमती हेलेन ग्रान्टलाई स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ’, नामी कलेजले हिजो जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा मुख्य अतिथि हेलेन ग्रान्टले हरेक महिला विद्यार्थीले कम्तीमा १२ वर्षको गुणस्तरीय शिक्षा पाउनुपर्ने तथ्यलाई देश विकासका पूर्वाधारसँग जोडेर व्याख्या गर्दै आगामी दशकसम्म विश्वभरिका कम्तीमा पनि ४० लाख छोरीहरूलाई विद्यालयसँग जोड्ने लक्ष्यका लागि सबैले मिलेर काम गर्नुपर्ने बताईन् ।

डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले नेपाल बेलायत सम्बन्धमा प्रकाश पार्दै बेलायती नेतृत्वलाई नेपालमा जलवायु परिवर्तन लगायत अन्य क्षेत्रमा गरिएको सहयोग र साथका लागि धन्यवाद ज्ञापन पनि गरिन् । डा. आरजु राणा देउवाले वास्तविक धरातलमा धेरै कामहरू अझै हुन बाँकी रहेको बताउँदै शिक्षाका माध्यमले मात्र परिवर्तन र रूपान्तरण सम्भव रहेको बताईन् ।

कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाल बेलायत सम्बन्धका साथसाथै नेपाली शिक्षाको स्तर उन्नतिका लागि हरेक पक्षवाट पैरवी गरिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा नामी कलेजका सिईओ पवन पोख्रेलले अतिथिहरुलाई स्वागत गरेका थिए ।

काठमाडौँ गोकर्णेश्वरमा रहेको नामी कलेजले नेपालमा नै विश्वस्तरिय कोर्सहरू अध्यापन गर्दै आएको छ । नर्थ हेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विभिन्न संकाय अन्तर्गत विश्वस्तरीय पाठ्याक्रममा आधारित डिग्रीहरू सञ्चालन गर्दै आएको छ । नेपालमै विश्वस्तरीय अन्तर्राष्ट्रिय विश्व विद्यालयको सम्बन्धनमा सेवा प्रवाह गरिरहेकोले नामी कलेज विद्यार्थीहरुका बीचमा निकै लोकप्रिय समेत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*