एनआरएनएको विश्व सम्मेलन स्थगित गर्ने निर्णय, छ महिनाभित्र नयाँ निर्वाचन

२५ आश्विन २०७८, सोमबार ०८:२४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन स्थगित भएको छ । दशैं र तिहारको मौका पारेर काठमाडौंमा आगामी कात्तिक ६–८ मा हुन लागेको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय गरिएको एनआरएनए सचिवालयका एक सदस्यले बीमापोष्टलाई जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले दोस्रो पटक एनआरएनएको प्रतिनिधि चयनमा धाँधली भएको भन्दै पत्र दिएपछि आइतबार एनआरएनएको सचिवालय बैठक बसेको थियो । सो बैठकले आसन्न महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशन स्थगित गर्ने निर्णयसँगै नयाँ नेतृत्व चयन समेत अन्योलमा परेको छ ।

गैर आवासिय नेपाल संघका प्रवक्ता डीबी क्षेत्रीले ६ महिनाभित्र महाधिवेशन तथा राष्ट्रिय सम्मेलन गर्ने गरी कार्तिक ६–८ गतेका लागि तोकिएको महाधिवेशन स्थगित गरिएको बताए । ‘हाम्रो विधानअनुसार ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने भएकाले सोही अवधिभित्र महाधिवेशन गर्छौ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*