ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ मंसिर २०७८, आईतवार १०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते आइतबार अन्तिम दिन हो ।बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ ।जस अनुसार आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् ।

मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा विहान १० वजे हुँदै गरेको सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*