तिलोत्तमा नगरपालिका मणिग्राममा हिमालयन बैंकको नयाँ शाखा विस्तार

१२ मंसिर २०७८, आईतवार १७:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप १ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले लुम्बिनीको रुपन्देही स्थित तिलोत्तमा नगरपालिका ५ मणिग्राम चोकमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

बिस्तारित शाखा कार्यालयबाट बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर ७२ शाखा कार्यालय र १४६ एटिएमबाट बैंकिङ सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*