ज्योति विकास बैंकले मातातिर्थ वृद्धाश्रमलाई आर्थिक सहयोग

१२ मंसिर २०७८, आईतवार १७:४१

काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका ६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई न्यानो कपडाहरु प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहेको हाम्रो विकास प्रवद्र्धन कोष मार्फत उक्त कपडा प्रदान गरेको हो ।

आश्रममा आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज कराल र बैंकको बलम्बु शाखा प्रबन्धक प्रकाश श्रेष्ठले वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*