बैंकहरुमा पैसाको हाहाकार बढ्दै, पैसा अभावको तनाव राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म

१३ मंसिर २०७८, सोमबार ०७:३२

काठमाडौं । बैंक तथा बित्तीय संस्थाहरुमा पैसाको हाहाकार बढ्दै गएको छ । बैंकहरुले आइतबार मात्रै केन्द्रीय बैंकबाट ३१ अर्ब ४३ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिएका छन् । हाल ९० प्रतिशतभन्दा माथि रहेको सिडी रेसियो केन्द्रीय बैंकबाट लिएको स्याथी तरलता सुविधा र ओभरनाईट रिपो समेत गणना गर्दा वास्तविक सिडी रेसियो ९४ प्रतिशत भन्दा माथि छ । केही दिन पहिले चार खर्बभन्दा बढि स्थायी तरलता सुविधा लिएका बैंकहरुले यस बीचमा केही रकम भने जम्मा पार्न सफल भएकोले केही घटेको हो ।

तर, बैंकहरुमा तरलता अभाव झनै बढ्ने देखिएको छ । गत शुक्रबार २२ अर्ब ८५ करोड रुपैयाँको स्थायी तरलता सुविधा लिएका बैंकहरुले आइतबार थप बढाएपछि केन्द्रीय बैंकमाथि तरलता व्यवस्थापनको विषय थप पेचिलो बनेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले चालु बर्ष सुरु भएयता आइतबारसम्म कुल १८ खर्ब ६५ अर्ब १२ करोड २० लाख रुपैयाँ एसएलएफ चलाइसकेका छन् । बैंकहरुको कूल निक्षेप ४४ खर्ब भन्दा बढि छ ।

पछिल्लो समय नेपालको बैंकिङ प्रणालीमा पैसा नहुँदा बैंकर, केन्द्रीय बैंक तथा अर्थमन्त्रालयकै लागि निकै समस्याको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*