कामना सेवा विकास बैंकको नवलपरासीमा दुई शाखा बिस्तार

१४ मंसिर २०७८, मंगलवार ११:०९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दुई शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले नवलपरासीको सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा न १५ प्रगतीनगर तथा कावाकोसी नगरपालिका वडा १६ डण्डामा शाखा शुभारम्भ गरेको हो ।

बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा छिटो अनि छरितो रुपमा प्रदान गरिने बैंकले जनाएको छ । थप २ शाखा बिस्तार गरेसँगै हाल देशभर १२९ वटा शाखा र ७६ वटा एटीएम मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*