आदर मल्टी इन्भेष्टमेण्टको ५ औं साधारण सभाको मिति तय

१४ मंसिर २०७८, मंगलवार ११:१७

काठमाडौं । आदर मल्टी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस २४ गतेका लागि बोलाएको छ । सभा काठमाडौंको बल्खुरोडमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको कार्य प्रगति पेश गरी कम्पनीको उद्देश्य प्राप्तिका लागि हालसम्म भएका कार्य तथा निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव अगाडि लैजाने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*